नेपाल प्रहरीका एसएसपी यादव मृत फेला

भैरहवा । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ ।
घटनाको विस्तृत अनुसन्धान भैरहेको तिवारीले जानकारी दिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।