सुदूरपश्चिमको सभामुखमा नागरिक उन्मुक्तिले माओवादीलाई मत दिने


सुर्खेत । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्न सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् । उनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने बताइन् ।

सुदूरपश्चिम प्रदेशभामा ३० पुसमा सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । सोमबार पुनस् मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन ।

सुदुरपश्चिम प्रदेश सभाको बैठक भोली बिहान १० बजेका लागि बोलाइएको सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले फरकबाटोलाई जानकारी दिए ।