कांग्रेस महाधिवेशन : कर्णालीबाट केन्द्रीय सदस्यमा शाह, बुढा र सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश अन्तरगत केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार कर्णालीबाट केन्द्रीय सदस्यमा खुलातर्फ राजिब विक्रम शाह, कर्ण बहादुर बुढा  र जानकी  सिंह  निर्वाचित भएका छन् ।

शाहले दुई हजार आठ सय २० र बुढाले दुई हजार दुई सय  मत ल्याएर विजयी भएका हुन् ।

कर्णालीबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हृदयराम थानि एक मतले पराजित भएका छन् । उनले दुई हजार एक सय ९९ मत ल्याएका छन् ।

कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा  सिंहले दुई हजार छ सय २४ मत ल्याएर विजयी भएकी हुन् ।