संसदमा बोल्न नपाएपछि सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विरोध


सुर्खेत । सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाएका छन् । आजको प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाएका उनले बोल्नका लागि समय पाएका थिएनन् ।

सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिएका थिए । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध जनाएका हुन् ।

त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी समेत सभामुखले दिएका थिए ।