शहरी विकास मन्त्रीलाई २५ र स्वास्थ्य मन्त्रीलाई पाँच हजार जरिवाना

निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार जरिवाना गरेको हो ।

निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनीहरुलाई आयोगले जरिवाना गरेको हो । शहरी विकास मन्त्रीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीको सिफारिस गरेको हो । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ । उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।