सरकारले सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृती दियो

सुर्खेत । सरकारले सुर्खेत -बिजौरा ३३ केभी प्रसारण लाइनका लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणलाई सुर्खेत – बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माण गर्नका लागि वन क्षेत्रमा पर्ने जग्गा प्रयोग गर्न  स्वीकृती  दिएको हो ।

वरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा रहेको  १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

वन क्षेत्रमा परेकाले सुर्खेत – बिजौरा ३३ केभी प्रसारण लाइनको काम प्रभावित भएको थियो ।