दलित समुदायका लागि बजेट विनियोजनमा नितिकै समस्या

सुर्खेत । दलित समुदायका लागि बजेट विनियोजनमा नितिकै समस्या भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । निति निर्माण नै नभएका कारण दलित समुदायले योजना छनौटका क्रममा न्युन बजेट प्राप्त गरेको कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्रप्रसाद शर्माले नितिमा अलमलिएका कारण काम गर्न समस्या भएको बताए । उनले हात बाँधेर काम गर भन्दा कुनैपनि कार्यक्रम सफल हुन नसकेको तर्क गरे ।

वीरेन्द्रनर नगरकार्यपालिका सदस्य डण्ड वि.कले निति नै निर्माण नभएका कारण दलित तथा सिमान्तकृत समुदाय राज्यको पहुँचमा पुग्न नसकेको बताए । ‘दलितलाई १५ प्रतिशत बजेट विनियोजन गर्ने भनिएको छ ’ उनले भने ‘कहाँ लेखिएको छ ? दलित समुदायलाई १५ प्रतिशत बजेट विनियोजन गर्ने भनेर !

उनले व्यवहारिकताको आधारमा सबै वर्ग र समुदायका लागि बजेट विनियोजन गरिएपनि नितिमा स्पष्ट किटान गर्न नसकिएका कारण समस्या भएको बताए ।

दलित महिला तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चिताको लागि स्थानिय शासन सुदृढिकरण कार्यक्रम अन्तर्रगत आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले स्पष्ट नितिको अभावका कारण बजेटको पहुँचमा दलितहरु नपुगेको बताएका हुन् ।

नेप्सकोनको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा द एसिया फाउण्डेशनको सहयोगमा आयोजित कार्यक्रमबाट पाँचवटा प्रतिवद्धता समेत गरिएको छ ।

योजना छनौट गर्दा दलित दक्षित कार्यक्रमहरु टोल स्तरबाटै माग गर्न सहजीकरण गर्ने, दलित लक्षितवर्गका लागि बजेट विनियोजन बृद्धि गर्ने , चालु आर्थिक वर्ष मा विनियोजित दलित लक्षित योजना तथा कार्यक्रम समयमै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, लक्षित वर्ग कार्यक्रममा बजेट विनियोजन गर्दा डल्लो बजेट विनियोजन गर्ने परिपाटिको अन्त्य गरी कार्यक्रम र योजन तोकेर विनियोजन गर्ने तथा वीरेन्द्रनगर नगरपालिकामा दलित मैत्री निति तथा दलित शसक्तिकरण विद्येयक निर्माणका लागि पहल गर्ने प्रतिवद्धता गरिएको हो ।

कार्यक्रममा बोल्दै नेप्सकोनका अध्यक्ष जेवी विश्वकर्माले दलित महिलाहरुलाई राज्यको पहुँचमा पु¥याउनका लागि आँफुहरुले काम गर्दै आएको बताए । उनी सार्वजनिक सुनुवाईबाट गरिएका प्रतिवद्धताहरु समेत पुरा गर्नेगरी नगरपालिका तथा सरोकारवाला निकाय लाग्नुपर्ने सुनाए ।