रक्षामन्त्री रिजालद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि परेका छन् ।

उनले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताए ।