नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले हरायो

काठमाडौं । १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराएको छ । बङ्गलादेशको ढाकामा बुधवार साँझ भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक÷एक गोल गरे ।

श्रीलङ्कालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

श्रीलङ्काको यो लगातार तेस्रो हार हो । श्रीलङ्का अङ्कविहीन छ । यसअघिका खेलमा श्रीलङ्का, भुटान र भारतसँग पराजित भएको थियो ।

नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।

आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का गरी पाँच देश सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

सन् २०१८ मा भएको च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।