बीबीएलको ड्राफ्टमा सन्दीप

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग(बीबीएल) को १२ औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।

बीबीएलले बुधबार आफ्नो सामाजिक संजालबात सन्दीप ड्राफ्टमा रहेको जनाएको छ । उनी ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन्। सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् ।

बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।

आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए । पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए ।