माओवादी केन्द्रको प्रदेश सम्मेलन : पुस ३ भित्र पदाधिकारी चयन गर्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको छ । त्यसअघि नै प्रदेशका पदाधिकारी टुङ्गो लगाउन निर्देशन दिइएको छ । स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, “प्रदेश २ ले समय मागेका कारणले पनि ढिलाइ हुन पुगेको हो । पुस ३ गतेसम्म सम्पन्न हुनेछ । ”