काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो राष्ट्रवादी आफूले अरू कोही प्रधानमन्त्री नदेखेको बताएका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा भित्र्याएपछि उनले ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएको बताएका हुन्।
उनले भने, ‘मेराे कार्यावधिभर सातवटा प्रधानमन्त्री पाएँ। तर, उहाँजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरू कोही पनि मैले पाइनँ। त्यसैले उहाँकै शीतल छहारी पाउने विश्वासका साथ एमाले रोजेँ।’
ओलीले सिके राउत र विप्लव समूहलाई शान्तिपुर्ण ढंगले मुल राजनीतिकामा ल्याएको समेत बताए।

फरकबाटो ६ आश्विन २०७९, बिहीबार १३:२९