
सुर्खेत । पिपलबोट बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतकोे १९ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष टेकराज कोइरालाले बार्षिक प्रगती प्रतिवेदन पेश गरेका थिए ।
यस्तै कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी बर्षको बजेट प्रस्तुत गरेका थिए । उनका अनुसार संस्थाको कुल पूँजी १३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
समाजसेवी नेत्र बहादुर कार्की सहित २७ जनाले उक्त सहकारी २० वर्ष अघि स्थापना गरेका थिए । अहिले संस्थामा एक हजार आठ सय २८ सदस्य रहेका छन् । दुई हजार सात सय रुपैयाँबाट सुरु गरेर हाल १३ करोड बढी पूँजी पुगेको संस्थाका सचिब मनिराम भण्डारीले बताए । संस्था मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको उनको भनाई छ ।
सभामा डिल्लीराम लम्सालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन, बल बहादुर सार्कीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, गणेशमान खनालले ऋण अनुगमन उपसमितिको प्रगति प्रतिवेदन र मान बहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै साधारण सभाले बल बहादुर सार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सार्कीको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल र कोषाध्यक्षमा खेमराज रावत रहेका छन् ।

यस्तै सदस्यहरुमा सरिता बुढाथोकी, तारा बिष्ट, अशोक कुमार गाहा मगर,मान बहादुर बसेल र रेशम प्रसाद ढकाल रहेका छन् ।
यस्तै डिल्लीराम लम्सालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ । सुपरीवेक्षण समितिमा सरिता पन्त कंडेल र किरण किशोर सापकोटा सदस्य रहेका छन् ।

फरकबाटो २५ मंसिर २०७८, शनिबार २०:४५