शेयर बजार सामान्य घट्याे

काठमाण्डाै । शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।

आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज कालिका लघुवित्तको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल र गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।