
सुर्खेत । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यो वर्ष मंसिर १६ गतेदेखि हुने भएको छ । २० औं संस्करणको मेला मंसिर १६ देखि २५ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ । कोरोनाका कारण २ वर्षसम्म मेला हुन सकेको थिएन ।
मेलाका मुख्य संयोजक एवं आयोजक संघका अध्यक्ष पवनकुमार प्रजापतिले कोरोनाले रोकिएको मेलालाई यसपटक नयाँ र फरक तरिकाले आयोजना गर्न लागिएको बताए । उनका अनुसार मेलामा कृषि, हस्तकला, स्थानीय उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनी र बिक्रीका लागि राखिने छन् ।

फरकबाटो ३ मंसिर २०७९, शनिबार १४:४१