राष्ट्र बैंकले माग्यो नेपाली र अङ्ग्रेजी भाषा सम्पादक

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् (सम्पादक) हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा स्नातक गरेको र भाषा विज्ञको रूपमा काम गरेकोलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अंग्रेजी भाषा विद्तर्फ अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेको र न्यूनतम पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि र अर्थशास्त्र तथा बैंकिङ विषयमा स्नातक गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।