
सुर्खेत । राष्ट्रिय सभामा गठबन्धनका दलका सबै उम्मेदवार बिजयी भएका छन् । सात वटै प्रदेशबाट उम्मेदवार बनेका सबै विजयी भएका हुन् ।
बागमतीमा कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दङ्गाल विजयी भएका छन् ।
यस्तै कोशी प्रदेश सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस, रोशनी मेचे, नेकपा एमाले, सोमनाथ पोर्तेल, नेकपा एमाले बिजयी भएका हुन् । मधेश प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, नेपाली कांग्रेस, महन्थ ठाकुर, लोसपा र रेखाकुमारी झा, नेकपा एमाले बिजयी भएका हुन।
गण्डकी प्रदेशबाट सम्झना देवकोटा, नेकपा एमाले, जगत तिमिल्सिना, नेपाली कांग्रेस, यस्तै लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, नेपाली कांग्रेस तथा रामकुमारी झाक्री, नेकपा एमाले, यस्तै कर्णाली प्रदेशबाट ललितजङ्ग शाही, नेपाली कांग्रेस र मीनासिंह रखाल, नेकपा एमालेबाट बिजयी भएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी, नेकपा एमाले र खम्मबहादुर खाती, नेपाली कांग्रेसबाट बिजयी भएका हुन् हिजो भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियो

फरकबाटो १२ माघ २०८२, सोमबार ०६:३८