एनपीएल क्रिकेट :  रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दुई सय दुई रनको लक्ष्य दियो


सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले पोखरा एभेन्जर्स र कर्णाली याक्स खेलिरहेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय एक रन बनायो । कर्णालीले जीतका लागि दुई सय दुई रनको लक्ष्य पाएको छ । पोखराका एडम रोसिङटनले शतक बनाए । उनी ५८ बलमा एक सय ८ रनमा अविजित रहे । जोसन रोयले ४६ रन बनाए । कर्णालीका मार्क वाट र गुलसन झाले एक÷एक विकेट लिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दिउँसो भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हराएको छ । गएको मङ्सिर १ गतेदेखि शुरू भएको एनपीएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।
साभार उज्यालो