
सुर्खेत । इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ । माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण जनधनको क्षति भएको प्रहरीले जनाएको छ ।
माङसेबुङ गाउँपालिकामा अरु दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लैजाने तयारी भए पनि खराब मौसम र पानी परिरहेकोले हेलिकप्टर जान समस्या भएकोे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र त्यही नगरपालिकाको धुसुनेमा २ जना तथा फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको हो ।
उद्धार तथा राहतको कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फरकबाटो १९ आश्विन २०८२, आईतवार १०:५८