करेन्ट लागेर जाजरकोटमा प्राधिकरणका कर्मचारीको मृत्यु


सुर्खेत । जाजरकोटमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । नलगाड नगरपालिका वडा नम्बर ४ मा विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर वडा नम्बर ७ का शिशिर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । चन्द विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रमा सहयोगीका रूपमा कार्यरत थिए ।

विद्युत् लाइन मर्मत गरिरहेका बेला जानकारीविनै करेन्ट प्रवाह गरिदिएकोले चन्दलाई करेन्ट लागेको मृतकका आफन्तले जनाएका छन् । प्राधिकरण र प्रहरीले भने घटनाबारेमा अनुसन्धान भइरहेको बताएका छन् ।