सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
उनले सरकारको प्रमुख कानूनी सल्लाहकारको रुपमा रहेर काम गर्नेछन् । वीरेन्द्रनगर -९ सुर्खेतका श्रेष्ठ करिब तीन दशकदेखि न्याय क्षेत्रमा काम गर्दै आएका छन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
फरकबाटो २८ कार्तिक २०७८, आईतवार १५:०१