सुर्खेत । कर्णाली प्रदेश सभामा ४० जना सांसदले प्रतिनिधित्व गर्छन् । जसमा सरकार बनाउनलाई २१ सांसद आवश्यक पर्छ । नयाँ सरकार आफ्नो नेतृत्वमा बनाउने कसरतमा लागेको काँग्रेसको सपना गठबन्धन भत्किएसंगै तुहिएको छ । कर्णाली प्रदेश सभामा गत मंसिर ४ को निर्वाचनबाट काँग्रेसका जम्मा १४ जना सांसद निर्वाचित भएका छन् ।
काँग्रेसले कर्णालीमा सरकार बनाउनलाई अझै ७ जना सांसद जुटाउनुपर्छ जुन सम्भावना छैन । कर्णालीमा नेकपा एमालेका १० , नेकपा माओबादीका १३, राप्रपाका १, एकिकृत समाजबादीका १ र एकजना स्वतन्त्र गरी ४० जनाले प्रतिनिधित्व गरेका छन् ।
नेकपा माओबादी वा नेकपा एमालेलाई साथमा नलिएसम्म कर्णालीमा काँग्रेसले सरकार बनाउन सम्भव छैन ।
फरकबाटो १० पुष २०७९, आईतवार १८:०१