कुम्भमेलाका तिर्थयात्री बोकी सुर्खेतबाट छुटेको बस बबईमा दुर्घटना

। कुम्भमेलाका तिर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । सुर्खेतको भेरीगंग नगरपालिका–५ स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको यात्रुबाहाक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बस बाटोबाट आफैं अनियन्त्रित भइ पुल नजिकबाट करिब ८ मिटर तल खसेको डिएसपी विश्वकर्माले बताए ।

बसमा कति यात्रु सवार थिए भन्ने समेत यकिन हुन बाँकी नै रहेको छ । अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । दुर्घटना करिब सवा ५ बजे भएको प्रहरीको भनाइ छ ।