भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

सुर्खेत । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

समितिको आजको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो । विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन भएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारलाई स्वीकार रहेकाले विधेयक पारित गर्न अनुरोध गरेका थिए ।

समाचार तथा फाेटाे साभार