बैंक बहिष्कार गर्ने भन्दै सामाजिक सञ्जालमा गरिएको पोष्ट प्रति प्रशासनको गम्भीर ध्यानाकर्षण

सुर्खेत । बैंक बहिष्कार गर्ने भन्दै संयुक्त व्यवसायी संघर्ष समितिको नाममा सामाजिक सञ्जालमा गरिएको पोष्ट प्रति जिल्ला प्रशासन कार्यालय सुर्खेतले गम्भीर ध्यानाकर्षण जनाएको छ । ‘हामी बैंकको बढ्दो ब्याज विरुद्ध यही असोज ३० र ३१ गते बैंक बहिष्कारको अभियानमा छौं’ भन्दै सामाजिक सञ्जालमा गरिएको पोष्ट प्रति प्रशासनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

प्रशासनले शनिवार एक सूचना प्रकाशित गर्दै बैंक सेवा अत्यावश्यक सेवा भएको र सेवा लिन जाने सेवाग्राहीलाई अवरोध गर्ने तथा बैंकिङ्ग सेवा सञ्चालनमा बाधा पु¥याउने जो कसैलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने समेत उल्लेख गरेको छ ।