
सुर्खेत । एमालेप्रति अँझै माया रहेको राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले बताएका छन् । बुधवार दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसंग बोल्दै गौतमले एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै एमालेप्रति माया लाग्ने बताएका हुन् ।
उनले आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको भन्दै त्यसका लागि पार्टी अध्यक्ष केपी ओलीले आफुलाई प्रस्ताव गर्नुपर्ने बताए ।

फरकबाटो २४ जेष्ठ २०८०, बुधबार १८:३६