दैलेख । लैगिंक हिँसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज गुराँस गाउँपालिकाको आयोजनामा बृहत र्याली आयोजना गरि उद्घाटन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय नागरिक, महिला सञ्जाल, आमा समुह, शिक्षक, महिला सहकारी, स्थानीय प्रहरी लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिकाको कार्यालयदेखि स्थानीय गुराँसे बजारसम्म गई पुन गाउँपालिकामै फर्कि र्यालीको कोणसभा गरिएको थियो । लैगिंक समानता कायम गरौँ, लैगिंक हिँसा अन्त्य गरौँ, लैगिंक मैत्री नीति निर्माण गरौँ, लैगिंक हिंँसा विरुद्धको १६ दिने अभियान सफल पारौँ, बोलीमा मात्रै होइन व्यवहारमा समेत समानता कायम गरौँ जस्ता नारा लगाउँदै र्यालीले बजार परिक्रमा गरेको हो ।
र्यालीपछि कोणसभालाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले लैगिंक हिँसा विरुद्धको १६ दिने अभियानलाई सफल बनाउनका लागि सम्पुर्णले विभिन्न कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताईन् । उनले अभियानमा मात्रै नभई हरेक नीति, कार्यक्रम र बजेटहरु समेत लैगिंक मैत्री हुनुपर्ने धारणा राखेकी थिइन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान मनाउने गरिन्छ ।
२५ नोभेम्बरदेखि १० डिसेम्बर, २०२४ (तदनुसार २०८१ मंसिर १० देखि ऐ. २५ गते ) सम्म मनाइने यो दिवसको अन्तराष्ट्र्रिय नारा “Towards 30 years of the Beijing Declaration and platform for Action : UNiTE to End Violence against Women” र राष्ट्रिय नारा “हामी सबैको प्रतिबद्धताः लैगिंक हिँसा अन्त्यको लागि ऐक्वबद्धता” रहेको छ ।
फरकबाटो ९ मंसिर २०८१, सोमबार १८:५९