मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार छौं : उपाध्यक्ष पुन

सुर्खेत । बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार भएको बताउनु भएको छ ।

कार्तिक १ गते सम्पन्न भएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा परियोजना परिचय तथा मानव अधिकार समुह गठन कार्यक्रममा बोल्दै पुनले आफ्नो पालिकामा पनि मानव अधिकारका विषयमा वकालत गर्नको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । ।

यस्तै कार्यक्रमको उद्देश्य,इन्सेकको परिचय, मानव अधिकार र हालसम्म इन्सेकले गरेको प्रगति प्रतिवेदन इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले प्रकाश पार्नु भएको थियो ।

परियोजनाको बारेमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका फोकलपर्सन दुर्गा थापाले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा वडा नं ५ का वडाअध्यक्ष धिमराज जोल्मी मगर, वडा नं ७ का वडा अध्यक्ष कुलबहादुर बुचामगर, जनज्योती नमूना मा. वि. का प्रधानाध्यापक नारायण सिग्देल, सुर्यज्योति मा.वि. प्रधानाध्यापक केशर बहादुर गौतम रहनुु भएको थियो । यस्तै कार्यक्रममा विभिन्न नागरिक समाज र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी थियो।

कार्यक्रममा पालिका स्तरीय ११ जनाको मानव अधिकार समुह गठन गरिएको छ । जसमा मानव अधिकार समुहको संयोजकमा तिलक मर्साङ्गी रहुनु भएको छ । सदस्यमा डम्बर बहादुर कठायत, गोमा विक, ख्यामु पौडेल, सुमित्रा सिजाली, छबिलाल शर्मा, गोविन्द गौतम, चन्द्रा चर्ती मगर, कृष्ण बहादुर विक लगाएत सदस्यमा रहेको इन्सेकले जानकारी दिएको छ ।