सुर्खेत । भोलिदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि (बुधबार) बाट देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।
कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।
मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले आग्रह गरेको छ ।
मौसम विभागका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
फरकबाटो ३ बैशाख २०८२, बुधबार २०:१८