सुडानमा भएको पछिल्लो हवाई आक्रमणमा २२ जनाको मृत्यु


सुर्खेत । सुडानको राजधानी खार्तुममा भएको पछिल्लो हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेका छन् ।

राजधानी खार्तुममा नाइल नदी किनारमा रहेको ओमदुरमानको दार एस सलाम जिल्लामा हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ)बीच गएको अप्रिलदेखि लडाइँ हुँदै आएको छ ।

दुई सेनाबीचको यो द्वन्द्वले अहिलेसम्म कम्तीमा तीन हजार नागरिकको मृत्यु भइसकेको छ । लाखौँ नागरिक विस्थापित भएका छन् । लडाइँ राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । पछिल्लो आक्रमणबाट भएको मानवीय क्षतिको दोष सेना र आरएसएफले एकअर्कालाई दिएका छन् ।