
जुम्ला । जुम्लामा अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ ।
प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाद्धारा संचालित कर्णाली शिक्षा परियोजना अन्तर्गत सिंजा गाउँपालिका वडा नम्बर ३ नराकोटमा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना अपाङ्गता भएका (दृष्टि विहिन) विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको हा ।
उक्त विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुको लागि विशेष कक्षा संचालन गरिएको छ । चिसोबाट बच्नको लागि न्यानो कपडा सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक रविन प्रसाद शर्माले बताए ।
स्रोत शिक्षक दत्तवहादुर बुढा र शिक्षक जयकृष्ण चौलागाई र अभिभावक सरस्वति चौलागाईलाई उक्त समाग्री हस्तान्तरण गरिएको हो ।

नाैरते नेपाली ६ पुष २०७८, मंगलवार २०:४३