भुकम्प प्रभावित क्षेत्रमा गुराँसले पठायो राहत सामाग्रीसहित स्वयम्सेवक, औषधि र डाक्टरको टोली


सुर्खेत । भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा गुराँस गाउँपालिका दैलेखले राहत सामाग्रीसहित, स्वयम्सेवक, औषधि र डाक्टरको टोली पठाएको छ । आज गुराँस अस्पतालमा कार्यरत मेडिकल डाक्टर नभिता कँडेल भारती नेतृत्वको टोली प्रभावित क्षेत्रमा पठाईएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले जानकारी दिए ।

स्वास्थयकर्मीहरुको नेतृत्व गर्दै डाक्टर नभिता कँडेल भारती र स्वयम्सेवकहरुको नेतृत्व गर्दै गुराँस गाउँपालिका ७ का डिकेन्द्र खड्कासहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मदन प्रकाश मल्ल प्रभावित क्षेत्रका लागि हिँडेका हुन् ।

प्राकृतिक विपद्का समयमा हातेमालो गरेर सबैले सहयोग गर्न समेत अध्यक्ष बि.सीले आग्रह गरेका छन् ।