कर्णालीको उप-सभामुखमा यशोदा न्यौपाने निर्वाचित


सुर्खेत । कर्णाली प्रदेशको उप-सभामुखमा कालिकोटबाट निर्वाचित यशोदा न्यौपाने निर्वाचित भएकी छन् । नेकपा माओबादी केन्द्रबाट निर्वाचित न्यौपानले आज भएको निर्वाचनमा उनले २४ मत प्राप्त गरेकी हुन् ।

उनलाई नेकपा माओबादी केन्द्रका कृष्णबहादुर जिसीले उप-सभामुखमा प्रस्ताव गरेका थिए भने नेकपा एमालेका विनोदकुमार शाहले समर्थन गरेका थिए ।

नेपाली काँग्रेसबाट उप-सभामुखको उम्मेदवार बनेकी इन्द्राकुमारी शाहीले १४ मत प्राप्त गरेको कर्णाली प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।