बन मुद्धाका फरार प्रतिबादी पक्राउ

सुर्खेत । बन मुद्धामा ३ हजार ५ सय जरीवाना तोकिएका फरार प्रतिबादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर ९ सुर्खेतका २९ वर्षीय रबिन्द्र शाहीलाई पक्राउ गरेको हो ।

उनलाई वीरेन्द्रनगर ९ पर्सेनीबाट पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा जरिवाना असुलका लागि बुझाईको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।