राताम्मे शेयर बजार, ५७ करोडको मात्रै कारोबार


सुर्खेत । सोमबार सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २९ अंकले घटेर १,८६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ९० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।