
सुर्खेत । नेपाल राष्ट्र बैंकले अन्य बैंकहरुबाट फेरि २० अर्ब खिच्ने भएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने भएको हो । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको जानकारी दिएको छ ।
एक सूचना जारी गर्दै बैंकले असार १० देखि १७ गतेसम्म ७ दिने अवधिका लागि बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको हो । यसअघि बिहीबार मात्रै १० अर्ब रुपैयाँ खिचिएको थियो । रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका थिए ।
बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ ।

फरकबाटो ९ असार २०८०, शनिबार १२:२१