विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई दियो २ सय ८९ रनको लक्ष्य

सुर्खेत । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनायो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ तथा टम लाथमले ६८ र विल योङले ५४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र अजमतुल्लाह ओमरजाईले २/२ विकेट लिए ।

यसअघिका तीन वटै खेल जितेको न्युजिल्यान्ड ६ अङ्कसहित दोस्रो स्थानमा छ । ३ खेलमध्ये १ खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा रहेको छ ।