भोली नेपाल बन्द

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) लगाएत वैज्ञानीक समाजबादी कम्युनिष्ट पार्टी, नेकपा माओबादी समाजबादी पार्टीले भोली नेपाल बन्दको आव्हान गरेका छन् ।

२०७७ साल फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी  बिच भएको ३ बुँदे सहमती पुरा नभएको भन्दै भोली  बन्दको आव्हान गरिएको हो  ।

नेपाल सरकारले गरेको सहमती कार्यान्वयन गर्नुको साटो गत साउन १६ गते पार्टीका महासचिव विप्लव चन्द, प्रवक्ता लगाएतलाई जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको र उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लप) विच भएको सहमती विरुद्ध भएको भन्दै उक्त ३ बुँदे सहमती कार्यान्वयन र अदालतको पक्राउ पुर्जी खारेज गरिनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।