आलोपालोको १६ औं वार्षिक साधारण सभा सम्पन्न


सुर्खेत । आलोपालो बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भुमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख खुम प्रसाद सुवेदीको प्रमुख आथित्यता तथा वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सभाको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि सुवेदीले सबै सहकारीहरु विश्वास गर्न लाएक नहुने र आलोपालोले शेयर सदस्यहरुको मन जित्न सफल भएको भन्दै बधाई दिए । उनले संस्थाले आफ्नो पुँजि बृद्धि गर्नका लागि शेयर सदस्यहरु बढाउन पहल गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वीरेन्द्रनगर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले आफनो वडामा रहेको सहकारीले राम्रो कारोबार देख्दा सबै वडा बासीहरुलाई शेयर सदस्य बन्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कर्णाली प्रदेशका प्रमुख हिरा सुनार, जिल्ला सहकारी संघका अध्यक्ष पदम दाहाल, संस्थाका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार सुरेश कुमार वली, कानुनी सल्लाहकार गणेश बहादुर वली, नेप्सकोन सुर्खेतका नेत्र जोशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुलबहादुर खत्रीले संस्थाले आर्थिक वर्ष २०७९/०८० मा जम्मा १२ करोड २१ लख ३९ हजार ७ सय ३ रुपैयाँ १३ पैसाको कारोबार गरेको बताए । त्यस्तै संस्थाको वासलात ११ करोड ८८ लाख, ७० हजार ९ सय ५ रुपैयाँ ८२ पैसा रहेको, नाफा नोक्सान हिसाब १ करोड ६९ लाख ३४ हजार ७ सय ७० रुपैयाँ १५ पैसा रहेको तथा जसमा शुद्ध नाफा ११ लाख ७६ हजार ८ सय ५० रुपैयाँ १८ पैसा गर्न सफल रहेको समेत अध्यक्ष खत्रीले बताए ।

संस्थाका प्रबन्धक चरित्रकुमार वि.सीले आगामी त्रिवर्षीय योजना प्रस्तुत गर्दै संस्था कारोबार करिब २२ करोड पु¥याउने लक्ष्य राखिएको बताए ।

संस्थाले नियमित सञ्चालन गर्दै आएका शैक्षिक हौसला कार्यक्रम, नियमित बचतकर्ता सम्मान, असल ऋणी सम्मान लगाएतका सम्मान तथा पुरस्कारहरु समेत वितरण गरिएको थियो ।