
सुर्खेत । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।
आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको ९सामान्य० तर्फको नतिजामा २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १ सय ८० मध्ये १३ हजार ९ सय ३९ ले सामान्य परीक्षा उत्तीर्ण गरेका छन् ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशमा सहभागी भएका १५ हजार ५ सय ९७ मध्ये ३ हजार ८५ जना उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा सहभागी ६ हजार २ सय १० जना मध्ये एक हजार एक सय, बागमती प्रदेशमा ११ हजार ६ सय ६ सहभागी मध्ये दुई हजार ८ सय ३, गण्डकी प्रदेशमा ११ हजार ७ सय २८ जना मध्ये दुई हजार ८ सय ५५ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ६७२ सहभागी मध्ये एक हजार १ सय ८१ जना, कर्णाली प्रदेशमा सहभागी ६ हजार ५ सय ९८ मध्ये एक हजार २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा सहभागी ८ हजार ७ सय ६९ मध्ये एक हजार ६ सय ८४ जना उत्तीर्ण भएका छन् ।
आयोगले २०७९ माघ १० गते १ हजार १ सय ६७ रिक्त दरबन्दीका लागि शिक्षक पदमा विज्ञापन खुला गरेको थियो ।

फरकबाटो १९ बैशाख २०८०, मंगलवार १२:३३