एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

काठमाण्डाै । एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे ।

श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौडेल, युनिस मगर, दीपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा हरिश राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके तथा गोलकिपरमा समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान रहेका छन् ।