कोशीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै


सुर्खेत । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । तर दलहरुमा देखिएको अन्योलताका कारण आजको बैठक नै अनिश्चित बनेको छ ।

सभामुख नभएका कारण सत्तागठबन्धन उपसभामुख सृजना दनुवारले अध्यक्षता गरे मात्रै बैठक अगाडि बढाउने पक्षमा छ । उपसभामुख आफैँ भने बैठकमा अनुपस्थित हुने तयारीमा रहेको स्रोतले जनायो ।

प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाले आफ्ना ज्येष्ठ सदस्यलाई संसदमा उपस्थित नहुन निर्देशन दिएका छन् ।