व्यवसाय दर्ता र नविकरणका लागि वडातहमा घुम्तिशिविर सञ्चालन


सुर्खेत । गुराँस गाउँपालिका दैलेखले वडातहबाटै व्यवसाय दर्ता र नविकरणका लागि घुम्तिशिविर सञ्चालन गरेको छ । हिजो आईतबारदेखी गुराँस १ बाट कामको थालनी गरिएको गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले जानकारी दिइन् ।

उनका अनुसार हिजो मात्रै वडा नं १ मा ८ वटा होटेल र २३ वटा अन्य फर्महरु (खाद्यन्न,खुद्रा, कृषी,) दर्ता भएका हुन् ।
गुराँस गाउँपालिकाका ८ वटै वडामा घुम्तिशिविर सञ्चालनको तयारी गरिएको खड्काले बताइन् ।

यस्तै आज गुराँस २ तल्लो डुङ्गेश्वर, भोली १६ गते गुराँस ३ को वडा कार्यालय, १७ गते वडा नं ४ को कार्यालय, २८ गते वडा नं ५ को कार्यालय, २९ गते वडा नं ६ को कार्यालय, ३० गते वडा नं ७ को कार्यालय र ३१ गते वडा नं ८ को कार्यालयमा व्यवसाय दर्ता र नविकरणको काम गर्ने तयारी गरिएको हो ।

नागरिकहरुको सहजताका लागि वडा तहबाटै व्यवसाय दर्ता र नविकरणको काम गरिएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले जानकारी दिए ।