काठमाण्डाै । देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो लागेको छ । पानी पर्ने क्रम रोकिएसँगै तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।
नेपालकै केही ठाउँमा खेतमा पराल जलाउने र भारतबाट पनि प्रदूषणसहितको हावा नेपाल आउने क्रममा रहेकाले तुवाँलो र वायु प्रदूषण केही दिनमा झनै बढ्ने सम्भावना छ ।
यस्तै, आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फरकबाटो १३ कार्तिक २०७९, आईतवार १०:४८