सुर्खेत । नेपाल स्ट्रेन्थलिफ्टिङ्ग संघ कर्णाली प्रदेशको गठन भएको छ । बिशाल हमालको अध्यक्षमा गठन गरिएको संघको उपाध्यक्षमा चेतन आचार्य, सचिवमा राजु खत्री चयन भएका छन् ।
त्यस्तै संघको उपसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा विन्दमान सार्की चयन भएको नवनिर्वाचित सचिव राजु खत्रीले जानकारी दिए ।
सदस्यहरुमा गणेशमान शाक्य, अनिल कुमार भण्डारी, रितिक वि.क,लक्ष्मि सुनार,जिवन बञ्जाडे जैसी, जनक चौधरी,ईन्द्र डाङ्गी, मनिश विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश वि.क, दलबहादुर सुनार ,राजेन्द्र सुनार, सुस्मा गिरी र जगत प्रसाद रिजाल चयन भएको खत्रीले बताए ।
संघले स्ट्रेन्थलिफ्टिङ्ग सम्बन्धि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई समन्वय गर्ने काम गर्ने सचिव खत्रीले सुनाए ।
फरकबाटो ७ श्रावण २०८०, आईतवार १६:४३