प्रदेश सरकारलाई चाँडै अधिकार हस्तान्तरण गर्न मागगर्दै संसदिय पत्रकारहरुको भेला सम्पन्न

सुर्खेत । संबिधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै संघ र सातवटै प्रदेशका संसदीय पत्रकारहरुको भेला सम्पन्न भएको छ ।

१८ देखी २१ मंसिर सम्म प्रदेश १ को राजधानी विराटनगरमा भएको अनुभव अदानप्रदान तथा सञ्जालको बैठकले प्रदेशले पुर्ण रुपमा संबिधान प्रदत्त अधिकार नपाएसम्म संघियता बलियो नहुने निष्कर्ष निकाल्दै संघ र सातवटै प्रदेशका संसदिय पत्रकारहरुको भेला सम्पन्न भएको हो ।

भेलामा सहभागी भएका संघको संसदिय समाज र प्रदेशका संसदिय मामिलामा सक्रृय रिर्पोटिङ गरिरहेका पत्रकाहरुले पाँचबर्ष सम्म आआफनो प्रदेशमा संघियता प्रर्बद्धन गराउन सफल भएको भुमिका र कमकमजोरीबारे समिक्षा गरेका थिए ।

सातवटै प्रदेशबाट सहभागी भएका नियमित सक्रृय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदीय पत्रकारितालाई बलियो बनाउँदै संघियतालाई दिगो रुपले प्रबृद्ध गराउन सातबुँदे घोषणा पत्रपनि जारी गरेका छन् ।

संघमा रहेको संसदीय पत्रकार समाज र सातवटै प्रदेशका संसदीय मामिलामा पाँचबर्षसम्म नियमित पत्रकारिता गरिरहेका पत्रकारहरु भेलामा सहभागी भएका थिए । उनीहरुले संघले उपेक्षा गरेकै कारण प्रदेशमा धेरै कानुनहरु बनेपनि कार्यान्वनयमा जान नसकेको र संबिधानमा उल्लेख भएका अधिकार प्राप्तीमा ढिलाई हुँदा संघियता जनअपेक्षा अनुसार बन्न नसकेको ठहर गरेका हुन् ।

सातवटै प्रदेशको संसदीय पत्रकार मञ्चमा आवद्ध सक्रृय पदाधिकारी , सल्लाहकार र सदस्यहरु सहभागी रहेको उक्त्त भेलामा पाँच बर्षमा संसदीय पत्रकारिता गर्दा प्राप्त गर्न सकेको उपलब्धि , आइपरेका समस्या र चुनौती अनि भावि कार्यायोजनाबारे गम्भिर समिक्षा भएको संसदिय पत्रकार मञ्च प्रदेश १ का उपाअध्य तथा कार्यक्रम संयोजक बाबुराम भण्डारीले बताए ।