दुर्घटनाग्रस्त जहाजमा एकै परिवारका ७ जना रहेको पुष्टि

धनुषा । दुर्घटनाग्रस्त रुपमा भेटिएको तारा एयरको जहाजमा एकै परिवारका सात जना रहेको पुष्टी भएको छ ।
आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त रुपमा भेटिएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको हो ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेका थिए ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।