
सुर्खेत । गुर्भाकोट नगरपालिका सुर्खेतका तिनवटा वडाका किसानहरुलाई बिउ तथा कृषि सामाग्री वितरण गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ८ ,१२ र १३ का सय जना किसानहरुलाई तरकारीका विभिन्न बिउ तथा कृषि सामाग्री वितरण गरिएको हो ।
युएनडिपी, अन्तर्रनिर्भर समाज र गुर्भाकोट नगरपालिका सुर्खेतको साझेदारीमा सञ्चालित कोभिड-१९ हरित पुर्नउत्थान परियोजना अन्तर्रगत उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
काउली, मुला, बन्दा, धनिया र पालुङ्गो, र,आलुको बिउ तथा प्लाष्टिक र पानी सिंचाई गर्ने हजारी किसानहरुलाई वितरण गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कृषि प्राविधिक रेशम नेपालीले जानकारी दिए ।

कार्यक्रममा कृषकहरुलाई बिउ तथा सामाग्री वितरण गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले आर्थिक विकास गर्नका लागि कृषिमा जोड दिएको बताए । उनले नगरपालिकाले कृषि क्षेत्रमा समेत बजेट तथा कार्यक्रमको व्यवस्थापन गरेको जानकारी दिए ।
अन्तरनिर्भर समाज सुर्खेतले कृषि तथा सरसरफाईका क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको छ । किसानलाई तालिम, बिउ तथा कृषि सामाग्री वितरणका साथै सरसफाईका क्षेत्रमा समेत समाजले काम गर्दै आएको हो ।

फरकबाटो ६ आश्विन २०७९, बिहीबार २०:५५