वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय कार्यदल


सुर्खेत । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल बनाएको छ ।

आज बिहीवार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताइएको छ ।