बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै


सुर्खेत । बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ।

आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।

त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए ।

यी दुई देशबीच आउँदो शुक्रवार र आइतवार दुई खेलको टी–२० शृङ्खला हुनेछ ।